ललितपुर, ९ फागुन । जिल्ला अदालतका मुख्य न्यायाधीश टेकनारायण कुँवरले ललितपुर जिल्ला अदालतलाई नमुना जिल्ला अदालतका रुपमा स्थापित गराउन आफू कटिबद्ध भएको बताउनुभएको छ ।
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनको १८आँै साधारणसभा एवम् नवौँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै न्यायिक तथा अर्धन्यायिक निकायमा काम गर्दा व्यवसायीबाट शुद्ध व्यवहार गरिनुपर्नेमा जोड दिनुभयो । सेवाग्राहीको काम गरिदिने बहानामा न्यायाधीशको नाममा कुनै कानुन व्यवसायीले रकम लिएमा तिनलाई कानुनी कठघरामा ल्याई कारबाही गरिने मुख्य न्यायाधीश कुँवरले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
एसोसिएसन केन्द्रीय अध्यक्ष तेजप्रकाश ढकालले कानुन व्यवसायीले आफ्नो काम पारदर्शिताका साथ मन, वचन र कर्मले गर्नुपर्ने बताउनुभयो । लेखापढी व्यवसायीको अधिकार सुरक्षित गर्न राज्यका तर्फबाट ठोस कदम चाल्नुपर्नेमा अध्यक्ष ढकालको जोड थियो ।
ललितपुर मालपोत प्रमुख नारायणप्रसाद आचार्यले आपसी समन्वय र सद्भावले मात्र जनमुखी सेवा दिन सकिने र लेखापढी व्यवसायीले सेवाग्राहीलाई सही सेवा दिएर सहयोग गर्नुपर्ने बताउनुभयो ।















प्रतिक्रिया