काठमाडाैं, १६ साउन । सिभिल बैंक लिमिटेड, आइडिया स्टुडियो नेपाल र मेलम्ची नगरपालिकाबीच आइडिया स्टुडियो नेपालको सहकार्यमा मेलम्ची नगरपालिकाभित्र रहेका घरेलु कृषिक्षेत्रलाई आधुनिकीकरण गरी उत्पादित बस्तुको बजार प्रबद्र्घन गर्दै व्यबसायिक कृषी कर्जा लगानी गर्ने बिषयमा त्रिपक्षीय सम्झौता भएको छ ।
सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ, आइडिया स्टुडियो नेपालका अध्यक्ष डा. छिरिङ्ग लामा र मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता अनुसार आइडिया स्टुडियो नेपालले मेलम्ची नगरपालिकासँग सहकार्य गरी त्यहाँका स्थानिय कृषकहरूलाई प्राविधिक तालिम प्रदान गर्नेछ ।
उक्त तालिम प्राप्त कृषकहरूलाई मेलम्ची नगरपालिकाको सिफरिसमा सिभिल बैंक लिमिटेडले सहुलियतपूर्ण कृषिकर्जा प्रदान गर्नेछ ।
सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृतले यो सम्झौतालाई नमूना योजनाको रुपमा लिंदै यसलाई आगामी दिनमा देशका अन्य ग्रामीण क्षेत्रमा बिस्तार गर्दै लैजाने बताए ।















प्रतिक्रिया