२ कार्तिक २०८३, सोमबार

मधेस छुट्टै देश हुनुपर्ने २०१७ सालमा समेत माग गरिएको थियो : ठाकुर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Former Madheshi minister Thakur talks in Kathmanduसप्तरी, ९ फागुन । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले संविधान कुनै दल, व्यक्ति वा पार्टीको नभएर सम्पूर्ण जनताको भएकाले त्यस आधारमा सबैलाई समेटेर सहमतिको आधारमा संविधान जारी गर्नुपर्ने बताउनुभएको छ ।

उहाँले आज रासससँग राजविराजमा सङ्क्षिप्त कुराकानी गर्दै संविधान निर्माणको कार्य सहमतिबाट नभई प्रकियाबाट बनेमा कसैले स्वीकार्य नगर्ने र देशमा द्वन्द्व चर्किने दाबी गर्नुभयो ।

अध्यक्ष ठाकुरले काँग्रेस र एमालेले जबर्जस्ती पेलेर संविधान जारी गरे त्यस्तो संविधानको कुनै औचित्य नहुने बताउँदै त्यसकै लागि अहिले आन्दोलनको विकल्प नदेखिएको बताउनुभयो ।

आफूहरु स्वायत्त मधेसका लागि सङ्घर्ष गरिरहेको बताउँदै उहाँले फागुन १६ गते राजधानी काठमाडौँमा गर्न लागेको प्रदर्शनपछि पनि एमाले, काँग्रेस गम्भीर नभए अर्को चरणको सशक्त एवम् निर्णायक आन्दोलन गर्न बाध्य हुने चेतावनी दिनुभयो ।

त्यस्तै मधेस छुट्टै देश हुनुपर्ने २०१७ सालमा समेत माग गरिएको थियो । तर त्यो पूरा नभएको उहाँले जिकिर गर्नुभयो ।