४ कार्तिक २०८३, बुधबार

एनआईसी एशिया बैंक र “सेल पे”बीच सम्झौता

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १६ साउन । एनआईसी एशिया बैंकले डिजिटल फाइनान्सियल पार्टनरहरूसँगको सहकार्यलाई अघि बढाउँदै संचालनमा आएको “सेल पे” सर्भिसमा ग्राहकहरूले पूर्णरुपमा सुविधा उपभोग गर्न पाउने गरी सेल पेसँग सम्झौता गरेको छ ।

सेल पे इलेक्ट्रोनिक पेमेन्ट गेटवे हो जहाँ मोबाइल र वेभ एप्लिकेसनको माध्यमबाट बैंकका ग्राहकहरुले आफ्नो खाता प्रयोग गरी विभिन्न कम्पनीहरूका बिल बिजुली, खानेपानी, इन्टरनेट, टिभी साथै स्कुल, रेष्टुरेन्टको बिल भुक्तानी गर्न, अन्तरबैंक फण्ड ट्रान्सफर आदिको सुविधा प्राप्त गर्न सक्नुहुनेछ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सेल पेको तर्फबाट प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् ।

यस सम्झौतासँगै सेल पे मा ग्राहकहरुले एन आई सी बैंक एकाउन्ट लिंक गरेमा वेलकम बोनसको रुपमा रु १०० बराबरको मोबाइल टपअप प्राप्त गर्न सकिनेछ ।

लिंक गरेको खाताबाट भुक्तानी गर्दा कुनै शुल्क लाग्दैन । यसका साथै विभिन्न बिल भुक्तानी गर्दा थप क्यास ब्याक अफर पनि यो सुविधामा उपलब्ध रहेको छ ।

सेल पे सर्भिस प्रयोगसँगै ग्राहकहरुले छिटो छरितो रुपमा सेवा सुविधा उपयोग गर्न सक्नुहुनेछ जसबाट ग्राहकहरुको डिजिटल बैंकिङ्गको प्रयोगतर्फ आकर्षण र सक्रियता बढाउने विश्वास बैंकले लिएको छ ।