४ कार्तिक २०८३, बुधबार

काँग्रेस र राजपाद्वारा आज पनि संसद अवरोध

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ साउन ।  विपक्षी दल नेपाली काँग्रेस र राजपाले आज नि संसद् बैठक अबरुद्ध गरेका छन् ।

सर्लाही घटनाबारे छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै काँग्रेस र राजपा साँसदहरुले रोष्टम घेराउ गरेका हुन् । उनीहरुले पनि नारावाजी गरिरहेका छन् ।

आजको बैठक सुरु हुनासाथ दुवै दलका सांसदहरु उठेका थिए । सभामुख कृष्णबहादुर महराले विरोधबारे सरकार र आफूलाई जानकारी भइसकेको भन्दै बस्न अनुरोध गरेका थिए ।

लगतै शून्य समय प्रारम्भ भएको जानकारी गराउना साथ दुवै दलका सांसदले रोष्टम घेराउ गरेका हुन् । बीचबीचमा सभामुख महराले संसद चलेमात्रै छलफलको वातावरण बन्ने भन्दै सांसदहरुलाई बस्न आग्रह गरिरहेका छन् । तर, विरोध जारी नै छ ।

यसअघिका बैठक पनि अवरोधकै कारण स्थगित हुँदै आएका छन् ।