४ कार्तिक २०८३, बुधबार

स्टार खेलाडीमा रहेको इगोले पूरै टिम ध्वस्त हुन्छः जुलिएन ड्रेक्सलर

4.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १४ साउन । टिमका केही स्टार खेलाडीमा रहेको ‘इगो’ पूरै टिमका लागि घातक रहेको फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का खेलाडी जुलिएन ड्रेक्सलरले बताएका छन् ।

ड्रेक्सलर नेइमारसँग खेल्छन् । नेइमार बार्सिलोना फर्किने हल्ला छ । पिएसजीमा केलिएन एमबाप्पे र एडिन्सन काभानी लिग वान च्याम्पियन क्लब पिएसजीमा खेल्छन् ।

ड्रेक्सलरले एएफपीसँग भने, ‘उनीहरु सबै उत्कृष्ट खेलााडी हुन् । यो स्तरका खेलाडी पाउन मुस्किल छ । तर उनीहरुमा आफ्नै मानसिकता छन् । उनीहरुको आफ्नो मानसिकता छ ।’

ड्रेक्सलरले थपे, ‘उनीहरुले बाँच्ने भनेको फुटबल हो, उनीहरु हरेक खेलमा गोल गर्न चाहन्छन् । त्यसैले उनीहरुमा इगो हुन्छ ।’

यस्तो इगो पूर्ण टिमका लागि राम्रो नहुने उनले बताए । तर यस्ता उत्कृष्ट खेलाडीसँग खेल्न पाउनु खुशीको कुरा रहेको उनले बताए ।