४ कार्तिक २०८३, बुधबार

एकताका बाँकी काम टुंग्याउन नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्वीर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, १३ साउन । एकताको बाँकी काम टुंगो लगाउन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा केन्द्रीय निकाय, बिभाग र जनसंगठनको नेतृत्व टुंग्याउने नेताहरुको तयारी छ ।

साउन ५ गतेको सचिवालय बैठकले जिल्ला र महानगरको इञ्चार्ज–सहइञ्चार्ज टुंगो लगाएपनि त्यसयता बैठक बस्न सकेको थिएन । खासगरी विभागमा कुरा नमिल्दा बैठक स्थगित हुँदै आएको थियो ।

आजको बैठकले एकताको बाँकी काम टुंगो लगाउने नेताहरुको दाबी छ । नेकपामा खासगरी स्कुल विभागको प्रमुखको विषयमा समझदारी जुट्न सकेको छैन । स्कुल विभाग प्रमुखका विषयमा केहिदिनयता अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल हुँदै आएको छ ।

आज बिहान मात्र पनि प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पूर्वएमालेबाट सचिवालयमा प्रतिनिधित्व गर्ने नेतासँग बालुवाटारमा छलफल गरेका थिए ।

स्कुल विभागमा सचिवालय सदस्यद्वय इश्वर पोखरेल र नारायणकाजी श्रेष्ठसँगै स्थायी समिति सदस्य घणश्याम भुसाल र बेदुराम भुसालले दावी गरेका छन् ।

दुई अध्यक्षबीच स्कुल विभाग आफैसँग राखे बाँकी काम टु‌ग्याउने गरि सहमति जुटेको बताइएको छ । आजको सचिवालय बैठक अध्यक्षद्वयले यही प्रस्ताव गर्न सक्ने स्रोतले जनाएङ्को छ ।

नेकपामा ३२ केन्द्रीय विभाग छ । तीमध्ये १८ वटा पूर्वएमालेको भागमा छ भने बाँकी पूर्वमाओवादी केन्द्रले पाएको छ ।