
काठमाडाैँ, १३ साउन । महानगरीय प्रहरी वृत्तकाे टोलीलाई आर्थिक प्रलोभनमा पार्ने मोटरसाईकल चालक पक्राउ परेका छन् ।
बा.३५ प.६१७८ नम्बरको मोटरसाईकल संखुवासभा घर भई ललितपुर इमाडोल बस्ने वर्ष २० को संजिव योञ्जनलाई प्रहरीले पक्राउ गरेको हो ।
योञ्जनलाई चेकजाँच गर्दा आवश्यक कागजपत्र नभएकाले कारवाही गर्न खोज्दा निजले प्रहरीलाई एक हजार रूपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए ।
यसैगरी यही सोमबार करिब २ बजे काठमाण्डाैँ महानगरपालिका २८ रत्नपार्क विधुत प्राधिकरण नजिक विवाद गरी बसेको अवस्थामा महानगरीय प्रहरी वृत सिंहदरवारको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।
काठमाण्डौँ जोरपाटी बस्ने वर्ष २९ को नोर्वु तामाङ र काठमाण्डौ गोकर्णेश्वर नगरपालिका ७ बस्ने वर्ष २६ को दिबेश लामा समेतलाई नियन्त्रणमा लिई कार्यालयमा लैजाँदा प्रहरीलाई एक हजार रूपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए ।












प्रतिक्रिया