१७ कार्तिक २०८३, मंगलबार

पार्टी एकता भएकै दिन असन्तुष्टीका स्वरहरु आउन थाले

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराही, १२ साउन । नेकपा दाङमा पार्टी एकताले पुर्णता पाएसंगै नेताहरुवाट असन्तुष्टीका स्वरहरु आउन थालेका छन् । पूर्व एमालेका नेताहरुले सामाजिक सञ्जालमा आफ्नो असन्तुष्टिहरु पोख्न थालेका छन् ।

कतिपय नेताहरुले पार्टी एकताका क्रममा जिल्लामा भागवण्डा भएको र आफू निकटका नेताहरुलाई ल्याईएको आरोप लगाउछन् । भने पार्टी एकताले पुर्णता पायो भन्नेमा पनि केही नेताहरु सन्तुष्ट देखिन्छन् ।

शनिबार मात्रै नेकपा दाङको पार्टी एकतालाई पुर्णता दिँदै नेताहरुलाई विभिन्न जिम्मेवारी दिएका छन् । साविक एमाले र साविक नेकपा माओवादि केन्द्रवाट विभिन्न नेताहरुलाई इन्चार्ज, विभाग र क्षेत्रीय संयोजकको जिम्मेवारी दिईएको छ ।

शनिबारको पार्टी एकतापछि नेताहरुको जिम्मेवारीको विषयलाई लिएर एकले अर्कालाई लक्षित गरेर पुर्व एमालेवाट सामाजिक सञ्जालमा आरोप प्रत्यारोप नै चलेको छ ।

पार्टी एकताको बैठकमा आफै बसेका पूर्व एमालेका नेता हुकुम बस्नेतले आफ्नो असन्तुष्टि बाहिर ल्याएर पार्टि्भित्रको विवाद सतहमा ल्याएका छन् । नेताहरुको आरोप प्रत्यारोपसंगै असन्तुष्टिले विवादलाई बाहिर ल्याएको छ ।

सामाजिक सञ्जालमा पार्टी विवाद नै कायम रहेको भन्दै पूर्व एमाले नेता बस्नेतले भनेका छन् कतिपय मै हुँ भन्नेहरुको असलि चरित्र थहा पाउन गार्हो भयो ।’ त्यस्तै पूर्व एमालेवाट प्रचार विभाग प्रमुखको जिम्मेवारी सम्हालिसकेका तुलसिपुर उपमहानगरपालिकाका प्रवक्ता समेत रहेका श्याम डाँगि पनि पार्टी एकता गर्नेक्रममा दिईएको जिम्मेवारीप्रति सन्तुष्ट छैनन् ।

उनले फेसवुकमा भनेका छन्, ‘बल्ल आखाँ खुल्यो, धेरै निदाईएछ ।’ यसैगरेर एमालेका युवा नेता विवेक श्रेष्ठले पनि नेताहरुको कार्य विभाजनमा चित्त बुझाएका छैनन् । उनले सामाजिक सञ्जालवाटै आक्रोस पोख्दै भनेका छन्, ‘नेकपा दाङको प्रथम बैठकबाट भागवण्डा अनुसार जिम्मेवारी पाउनु हुने सबै कमरेड हरुलाइ हार्दिक बधाई तथा शुभकामना ।’

उनी त्यतिमा सिमीत भएनन् । थप आक्रोश पोख्दै श्रेष्ठले अर्को स्ट्याटस पोष्ट गर्दै भनेका छन्, चुरिफुरी कति दिन टिक्ने हो हेर्न बाँकी छ ?’ । जिम्मेवारी नपाउने नेताहरुमा आक्रोश देखिन्छ भने जिम्मेवारी वाडफाड योग्यता, क्षमता भन्दा पनि गटगत भागवण्डा अनुसार भएको आक्रोशीत नेताहरुको सामाजिक सञ्जालमा पोखिएका स्ट्याटसले बताउने गर्छ ।

असन्तुष्ट नेताहरुले पार्टी एकता भएकै दिनदेखि विरोध गर्न थालेका छन् ।