
डडेल्धुरा, १२ साउन । नेपाल क्रिकेट संघ सुदूरश्चिम प्रादेशिक क्रिकेट संघको अध्यक्षमा कैलालीका हरि रेग्मी निर्वाचित भएका छन् ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको विशेष साधारण सभाबाट १३ सदस्यीय समिति गठन गरिएको छ । शनिबार भएको विशेष अबिधेशनबाट कैलालीका हरि रेग्मी अध्यक्ष, कञ्चनपुरका दिपकराज चालिसे उपाध्यक्ष, बैतडीका तेज प्रकाश भट्ट सचिव, डोटीका दिनेश बहादुर सिंह कोषाध्यक्ष चयन भएका छन् ।
यस्तै, सदस्यहरुमा चादनी शाह अछाम, देवेन्द्र भट्ट दार्चुला, भुपेन्द्र बहादुर धामी बझाङ, आशीष कुमार खत्री कञ्चनपुर, लक्ष्मण दत्त भट्ट कञ्चनपुर, अनिल कुमार भुजानिया कैलाली, मनोज कुमार पाठक डडेल्धुरा, शेर सिह खत्री बैतडी र हरि प्रसाद उप्रेती डडेल्धुरा रहेका निर्वाचन अधिकृत राजेश्वर श्रेष्ठले बताएका छन् ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको कार्यालय डडेल्धुरा जिल्लामा स्थापना गरिने भएको छ ।















प्रतिक्रिया