मुम्बई । ‘जजमेन्टल हे क्या’को प्रचारप्रसारमा व्यस्त रहेकी अभिनेत्री कंगना रनौटले नयाँ सिनेमा हात पारेकी छन् । एक्सन थ्रिलर जनरामा बन्ने ‘धाडक’ सिनेमामा कंगना जासुसको भूमिकामा देखिनेछिन् ।
नयाँ सिनेमामा अनुबन्धित भएको जानकारी कंगना आफैले दिएकी हुन् । ‘धाडक एक एक्सन सिनेमा हो र यो धेरै ठूलो सिनेमा हो । हाम्रा लागि यो हिन्दी सिनेमामा आजसम्म नगइएको शैलीजस्तो हो । म सिनेमामा जासुसको भूमिकामा हुनेछु’, कंगनाले भनिन् ।
सिनेमालाई रजनीश ‘राजी’ घईले निर्देशन गर्नेछन् । सिनेमाका लागि उपयुक्त हलिउड एक्सन निर्देशनकको खोजी भइरहेको छ । सिनेमाको सुटिं भारतका अलावा पूर्वि एशिया, मध्यपूर्व तथा युरोपमा हुनेछ । शुक्रबार कंगनाको नयाँ सिनेमा ‘जजमेन्टल है क्या’ रिलिज हुँदैछ ।















प्रतिक्रिया