काठमाडौं, १२ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक आइतबार बस्दैछ ।
स्कूल विभागको नेतृत्वबारे विवाद हुँदा लगातार स्थगित हुँदै आएको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको हाे ।
बालुवाटारमा बस्ने भनिएको बैठकमा स्कूल विभागको नेतृत्व सम्बन्धी विवाद समाधान गर्ने प्रयास हुने बताइएको छ ।
विवाद नमिल्दा गएको मंगलबारका लागि बोलाइएको बैठक पनि स्थगित भएको थियो । त्यसअघि बिहीबारका लागि बैठक डाकिएको थियो र स्थगित गरिएको थियो ।















प्रतिक्रिया