४ कार्तिक २०८३, बुधबार

लासिथ मालिङ्गाद्वारा एक दिवसीय क्रिकेटबाट सन्यास

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काेलम्बाे, ११ साउन । श्रीलंकाका लासिथ मालिङ्गाले आफ्नो खेल जीवनको अन्तिम अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेलेका छन् ।

३५ वर्षका मालिङ्गाले शुक्रबार बंगलादेशसँग खेलेको खेल नै उनको अन्तिम एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट हो ।

यो खेलमा श्रीलंका ९१ रनले विजयी भयो । मालिङ्गाले ३८ रन खर्चेर तीन विकेट लिए । सन् २००४ मा डेब्यु गरेका उनले कोलम्बोमा सुरु भएको तीन एक दिवसीय क्रिकेट शृङ्खलाको पहिलो खेलपछि सन्यास लिएका हुन् ।

उनले २२६ एक दिवसीय क्रिकेटमा ३३८ विकेट लिएका छन् । शुक्रबारको खेलमा ३१५ रनको लक्ष्य पछ्याएको बंगलादेश २२३ मा आउट भयो ।

मालिङ्गा एक दिवसीय क्रिकेटमा तीन पटक ह्याट्रिक विकेट लिएन एक मात्र खेलाडी हुन् । यस्तै उनी चार बलमा चार विकेट लिने पनि एक मात्र खेलाडी हुन् ।