४ कार्तिक २०८३, बुधबार

एनआईसी एशियाग्रोथ फण्डको १० प्रतिशत नगद लाभांश घोषणा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १० साउन । एनआईसी एशिया क्यापिटल लिमिटेडको आज बसेको संचालक समितिको ६१औँ बैठकले एनआईसी एशियाग्रोथ फण्डका इकाई धनीहरुलाई १० प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

आर्थिक वर्ष २०७५/०७६ का लागि एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित पहिलो योजना ‘एनआईसी एशियाग्रोथ फण्ड’ का इकाई धनीहरुलाई १० प्रतिशत (कर सहित) का दरले हुन आउने रकम आठ करोड पैतिस लाख बिस हजार नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

एनआईसी एशिया क्यापिटलले एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको दोश्रो योजना ‘एनआईसी एशिया ब्यालेन्यस्ड् फण्ड’को प्रतिइकाई मूल्य रु. १० दरका १२ करोड ५० लाख इकाई गएको बुधबारदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको छ ।

ब्यालेन्सड् फण्डको इकाई खरिद गर्नको लागि प्रचलित सामूहिक कोष नियमावली एवं निर्देशिकाको अधिनमा रही नेपाली नागरिक, गैरआवासीय नेपालीको प्रमाणपत्र (परिचयपत्र) जारी भएका व्यक्ति, प्रचलित कानुन बमोजिम दर्ता भएका नेपाली फर्म, संघ संस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, कुनै पनि वर्ग वा समूहले खडा गरेको कोषहरु जस्तै सञ्चयकोष, कल्याणकारी कोष, गुठी, अक्षयकोष आदिले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।