४ कार्तिक २०८३, बुधबार

माही गिल मदिराका दृश्यहरूमा झन् राम्री

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड उद्योगमा विन्दास अनि हट अवतारमा प्रस्तुत हुने नायिका हुन् माही गिल । ४० बढी फिल्ममा अभिनय गरिसकेकी माही आफूलाई वास्तविक जीवनमा निकै लजालु स्वभावकी भएको मान्छिन् । उनी एक दबंग महिलाहरूको सूचीमा पनि अटाउने गरेकी छन् ।

माही आफूले निर्वाह गर्दै आएको अभिनयबाट थाकेकी छन् । उनले बिबिसीसँग भनेकी छिन्, ‘यदि कोही बार गर्ल वा सेक्सी गर्ल अर्थात त्यसप्रकारका दृष्यहरूमा मलाई फिल्म मेकहरूले सम्झनु हुन्छ, बोलाउनु हुन्छ । अथवा केही यौन कर्मी या मदिरा सहितको अभिनयमा माही अर्थात् मलाई बोलाउछन् ।’

माहीले अबको यात्रामा त्यसप्रकारका क्यारेक्टरबाट छुटकारा लिने बताएकी छन् । ‘यस्ता क्यारेक्टर आइरहन्छन् तर अब मलाई नयाँ केही गर्नु छ’, उनले भनिन् ।

करीब दशक लामो समय बलिउड क्षेत्रमा विताएकी माही आफ्नो कामप्रति सन्तुष्ट छैनन् । टाइप काष्टका रुपमा दशक विताएकी माही टाइपकाष्टबाट र सपोर्टीङ क्यारेक्टरबाट माथि उठ्न चाहान्छिन् । उनले भने जस्तो क्यारेक्टरका लागि अफर नै कम आँउछ ।

बार गर्ल र आइटम काष्ट भन्दा पनि पारिवारीक क्यारेक्टरमा आफूलाई प्रमाणीत गर्न रुचाउने माही जीवनमा चाहे जस्तो गर्न नपाएकोप्रति चिन्तित छन् ।

उनी कुनै समय डिप्रेसनको सिकारसम्म भइन् । अब भने करियरमा केही नयाँ गर्ने सोचमा छन् माही । फिल्म ‘फेमिली अफ ठाकुरजंग’ मा माही भिन्न रुपमा देखिँदैछिन् ।