४ कार्तिक २०८३, बुधबार

टेलिकमलाई आइक्यानको रनरअपको उपाधि

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० साउन । नेपाल टेलिकमले आर्थिक वर्ष०७४–७५ को वित्तीय विवरणहरू प्रस्तुतीकरण सम्बन्धी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले वार्षिक रुपमा प्रदान गर्ने नेसनल बेस्ट प्रिजेन्टेड अनुअल रिपोर्ट अवार्डमा रनरअपको उपाधि जित्न सफल भएको छ ।

विभिन्न विधामध्ये कम्पनीले सामान्य क्षेत्र वर्ग ५ को सेवा क्षेत्रमा सो उपाधि हासिल गर्न सफल भएको हो ।

मंगलबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई सो अवार्ड प्रदान गरेका हुन् ।

सो अवार्ड आइक्यानले वार्षिक रुपमा प्रदान गर्दै आएको छ । वित्तीय र अन्य जानकारी तथा विवरणहरू वार्षिक रुपमा उत्कृष्ट रुपमा प्रस्तुतिकरण गर्न प्रोत्साहित गर्ने उद्देश्यले सो अवार्ड प्रदान गरिन्छ ।

आइक्यानले साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (साफा) ले निर्धारण गरेको मापदण्डलाई आधार मानी उक्त अवार्डको घोषणा गर्ने गरेको छ ।

नेपाल टेलिकमले योभन्दा पहिले आर्थिक वर्ष०६६–६७, ०६७–६८ र ०६८–६९ तथा ०७१–७२ मा समेत विभिन्न विधामा सो अवार्ड प्राप्त गरिसकेको छ ।

नेपाल टेलिकमले नेपालमै पहिलो पटक आर्थिक वर्ष ०७१–७२ देखि नै नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) अनुसार आफ्नो वार्षिक वित्तीय विवरणहरु प्रस्तुत गर्दै आएको छ ।