
काठमाडाैँ । गायिका जमुना सनमको तीजको कोशेली ‘आधा किलो सुन’ बजारमा आएको छ । तीजको माहोल नजिकिदै गर्दा जमुना सनमको तीजको नयाँ कोशेली ‘आधा किलो सुन’ बजारमा आएको हो ।
गायक तथा सर्जक राजु सुनामको शब्द, संगीत रहेको गीतमा प्रकाश कटुवाल र जमुना सनमको आवाज रहेको छ । गीतको म्युजिक एरेन्ज पनि राजु सुनाम आफैले गरेका छन् ।
‘आधा किलो सुन’ को म्युजिक भिडियोमा जुना सुन्दास, रमेश थापा, नवराज रिजाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
दीपेन्द्र तिमिल्सेनाको निर्देशन रेहको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् भने मनोज कार्कीले सम्पादन गरेका छन् ।
हेर्नुहाेस् भिडियो :















प्रतिक्रिया