४ कार्तिक २०८३, बुधबार

ललितपुर महानगरपालिकामा नबिल बैंकको एटिएम सञ्चालन

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, ९ साउन । स्थानीय बासिन्दाहरूको सुविधाको लागि नबिल बैंकले ललितपुर महानगरपालिकामा परिसरमा एक एटिएम जडँन गरी सेवा प्रारम्भ गरेको छ ।

नबिल बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्याल र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उक्त एटिएमको उद्घाटन आज संंयुक्त रुपमा गरेका छन् ।

बैंकको एटिएम संजाल काठमाडौं उपत्यकाभित्र ७० वटा र उपत्यका बाहिर ६८ वटासहित १३८ पुगेको छ ।

भिषा कार्ड, माष्टर कार्ड, युनियन पे कार्ड र एससिटि (स्थानीय तथा अन्तर्राष्ट्रिय) कुनै पनि कार्ड बाहकहरूले उक्त एटिएमहरुबँट नगद झिक्ने तथा अन्य सुविधाहरु उपभोग गर्न सक्ने जनाइएकाे छ ।