४ कार्तिक २०८३, बुधबार

छवि ओझा र शिल्पा पोखरेल पक्राउ गर्न अदालतको अनुमति, प्रहरी खोज्दै

3.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फिल्म निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।

ओझाकी जेठी पत्नी हेमाको उजुरी प्रहरी वृत्त गौशालामा परेपछि पक्राउका लागि प्रहरीले अदालतसँग अनुमति मागेको थियो । पक्राउ पूर्जी जारी भएको जनाउँदै प्रहरीले दुवैको खोजी थालेको छ ।

हेमाले बहुविवाहको गरेको भन्दै दुवैलाई पक्राउ गरी अनुसन्धान गर्न उजुरी दर्ता गरेकी थिइन् ।

छविकी कान्छी पत्नी पोखरेलले केही दिन अघि मात्र डिभोर्स फाइल गरेकी थिइन् । छ महिनाअघि विहे दर्ता गरेकी पोखरेलले छविबाट यातना पाएको भनी प्रहरीमा उजुरी पनि गरेकी थिइन् ।