काठमाडौं, ८ फागुन । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले विपक्षी दलहरुले आन्दोलनको धम्की दिँदैमा संविधान निर्माण प्रक्रिया नरोकिने बताउनुभएको छ ।
शुक्रबार उद्योगमन्त्रालयको आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रम सम्बन्धी अन्तरक्रियामा प्रमुख अतिथिका रुपमा बोल्दै उहाँले संविधान निर्माणबाट एनेकपा माओवादी भाग्न खोजेको जिकिर गर्नुभयो ।
‘कसैले धाक धम्की दिदैँमा संविधान निर्माण रोकिदैन । हामीसँग संविधान निर्माण गर्नुपर्छ भन्ने ७५ प्रतिशत सभासद छन्,’ नेता खनालले भन्नुभयो ।
नेता खनालले संविधान निर्माणका लागि धेरै ढिलो भैसकेको र अब अझै ढिला गर्ने समय नभएकाले सम्भव भए सर्वसम्मतिबाटै नभए लोकतान्त्रिक विधिबाट संविधान जारी हुने जिकिर गर्नुभयो ।
‘आउनुहोस् लोकतान्त्रिक प्रक्रियालाई सम्मान गरेर आगाडी बढौँ’ सहमतिका लागि नेता खनालले दलहरुलाई आह्वान गर्नुभयो ।















प्रतिक्रिया