१० कार्तिक २०८३, मंगलबार

एमाओवादी मधेसकेन्द्रित दल नआए प्रक्रियामै जानुपर्छ : कानुनमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

NARAHARI_ACHARYA

डडेल्धुरा, ८ फागुन । कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि आचार्यले संविधान सहमतिबाट जारी गर्नका लागि पनि प्रक्रियामै जानुपर्ने बताउनुभएको छ ।

‘लोकतन्त्र र समृद्धि हाम्रो चाहना, दिगो शान्तिसहितको विकास हाम्रो कामना’ भन्ने मूल नाराका साथ २०७१ सालको प्रजातन्त्र दिवसको अवसरमा सुदूरपश्चिमस्तरीय बृहत् शान्तिसभालाई सम्बोधन गर्दै मन्त्री आचार्यले आन्दोलनमा रहेका एनेकपा माओवादी र मधेसकेन्द्रित दल सहमतिमा आएर संविधान निर्माणमा सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

शान्ति तथा पुनःस्थापनामन्त्री आचार्यले द्वन्द्वपीडितले राहत र क्षतिपूर्ति नपाएकाले तत्काल कार्यदलले काम अगाडि बढाउने बताउनुभयो । सभामा सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, बाजुरा, अछाम, डोटी, बझाङ, डडेल्धुरा, बैतडी र दार्चुलाका जनता तथा शान्ति समितिका पदाधिकारी, संयोजक, द्वन्द्वपीडित, क्रियाशील सञ्चारकर्मीको सहभागिता थियो ।

द्वन्द्वका बेला पीडित परिवार र व्यक्तिलाई ध्यानमा राख्दै तिनका समस्यालाई यथाशीघ्र सम्बोधन गर्न सभा आयोजना गरिएको स्थानीय शान्ति समितिका संयोजक लालबहादुर ऐरी बताउनुभयो ।