
काठमाडौं, ८ फागुन । लामो दुरीका अल्ट्रा म्याराथुन धावक एवंम किर्तिमानी आरोही संजय पण्डितलाई उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले राष्ट्रिय झण्डा र हिउँ बन्चरो प्रदान गरेका छन् ।
सात महादेशका सातै उच्च शिखर आरोहण गर्ने लक्ष्य लिएका पण्डितले फागुन १० देखि दक्षिण अमेरिकाको सर्वोच्व शिखर माउण्ट अकाङगुवाको आरोहण शिलशिलामा त्यसतर्फ जान लागेका पण्डितलाई उपप्रधान मन्त्री गौतमले राष्ट्रिय झण्डा र हिउँ बन्चरो प्रदान गदै शुक्रवार बिदाई गरेका हुन ।
सिंहदारवार स्थित गृह मन्त्रालयमा भएको बिदाई कार्यक्रममा उपप्रधान मन्त्री गौतमले आफ्नो ज्यान जोखिममा राखी कठिन कार्यबाट राष्ट्रिको नाम उच्च बनाउने पण्डितको आकंक्षालाई आफुले सदैव सहयोग गर्ने बताए ।
उनले बिगतमा पनि राज्यबाट उचित सम्मान हुदै गरेको पनि स्मरण गराए । सो अवसरमा सभासद् हिरावहादुर केसी तथा पुर्व सभासद् बिरबहादुर केसीलगायतको उपस्थिति रहेको थियो ।
पण्डितले यस अघि एसिया, अफ्रिका, युरोप तथा अष्ट्रेलियाको उच्च शिखरमा किर्तिमानी आरोहण गरी सकेका छन् ।















प्रतिक्रिया