काठमाडौं । नेक्स्ट मोडल नेपाल आयोजना रहेको ‘बेनेली मोडल हन्ट नेपाल २०१९’ ६० प्रतियोगी प्रशिक्षणमा जुटेका छन् ।
प्रतिस्पर्धामा कसरी उत्कृष्ट हुने र शीर्ष उपाधि प्राप्त गर्ने भन्ने उदेश्यले उनीहरू अहिले आफ्नो ध्यान केन्द्रित गरिरहेका छन् ।
१६ देखि २८ ननाघेका ‘बेनेली मोडल हन्ट नेपाल २०१९’का प्रतियोगी युवायुवतीका लागि राजधानीको ठमेलस्थित इभिजा लन्चमा बिगत एकसातादेखि प्रशिक्षण चलिरहेको छ ।
प्रशिक्षणमा उत्साहित ३० युवती र ३० युवक सहभागी छन् ।
प्रशिक्षणको क्रममा उनीहरूले दुई चरणको प्रशिक्षण लिने ‘बेनेली मोडल हन्ट नेपाल २०१९’का आयोजक संस्था नेक्स्ट मोडल नेपालका प्रमुख रवि धमलाले बताए ।
धमलाका अनुसार पहिलो चरणको अडिसनमा प्रतियोगीले मुख्य प्रशिक्षक रोजीन शाक्य, परमिता राणा, थेन्डुप शेर्पा लगायतका नेपालका उत्कृष्ट प्रशिक्षकबाट व्यक्तित्व विकास, बेसिक मोडलिङ, सञ्चारकला, फोटोसुट, भिडियोसुट लगायत प्रशिक्षण लिनेछन् ।
त्यस्तै दोस्रो चरणको प्रशिक्षणमा मिस इन्डिया ग्लोब, ल्याक्मे फेसन वीक, दुवई फेसन वीक लगायत अन्तर्राष्ट्रिय सोका निर्देशक तथा कोरियोग्राफर अभिमन्यु सिंह तोमरबाट अन्तराष्ट्रिय मोडलिङ, स्टाइलिङ, ड्रेसिङ सेन्स, स्टेज पफमेन्स र कोरियोग्राफी सिक्नेछन् ।















प्रतिक्रिया