काठमाडौं । गायक दुर्गा मल्ल, रुद्र जिएम र गायिका करिश्मा घर्ती मगरको स्वरमा तीज गीत ‘नाच माया…’ रिलिज भएको छ ।
तीज पर्व नजिकै गर्दा ‘नाच माया…’ तीज गीत रिलिज गरिएको हो । गीतका शब्द रुद्र जिएमले लेखेका हुन् । संगीत पनि रुद्रले दिएका छन् ।
गीतमा करिश्मा ढकालसहितका कलाकारले मोडलिङ गरेका छन् । म्युजिक भिडियोलाई ईजी इन्टरटेनमेन्टले आफ्नो युट्युब च्यानलबाट रिलिज गरेको छ ।















प्रतिक्रिया