काठमाडौं, ८ फागुन । आफ्नै छिमेकीलाई रिचार्ज कार्डको विक्रेता भन्दै ठग्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
आफूलाई एनसेलको रिचार्ज कार्डको थोक विक्रेता बताउँदै छिमेकीलाई ठग्ने भक्तपुर सुर्यविनायक-५ का २८ वर्षिय मिलन पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी अपराध महाशाखा हनुमान ढोकाका अनुसार मिलनले छिमेकी चन्द्रगिरी-८ माखुद्रा पसल व्यवसायी विनयगोपाली फाकाइफुल्याएर ८५ हजार रुपैयाँ लुटेका थिए ।
पाण्डेले आफु एनसेल कम्पनीमा रिचार्ज कार्ड विक्रि गर्ने काम गर्दै आएको बताउदै माखुद्रा पसल व्यवसायी विनयगोपालीलाई रिचार्ज कार्डको व्यापार गर्न अफर दिएका थिए ।
अफर अनुसार माखुद्रा पसल व्यवसायी विनयगोपालीले ८५ हजारको रिचार्ज कार्ड खरिद गरेमा १ लाख बराबरको रिचार्ज कार्ड पाइने मिलनले बताएका थिए । यस्तो प्रलोभन देखाएर विश्वासमा पारी माखुद्रा पसल व्यवसायी विनयगोपालीलाई एननेल कार्यालय बानेश्वरबाटै ८५ हजार रुपैयाँ सहित स्यामसुङ कम्पनीको मोबाइल समेत लिएर मिलन फरार भएका थिए ।
माखुद्रा पसल व्यवसायी विनयगोपालीको उजुरीपछि प्रहरीले मिलन पाण्डेलाई शुक्रबार सुन्धाराबाट पक्राउ गरेको हो । पक्राउ परेका मिलनबाट विनयगोपालीको सामसुङ्ग कम्पनीको मोबाईल र नगद १९ हजार रुपैयाँ समेत बरामद गरेको अपराध महाशाखाले जनाएको छ । अभियुक्त मिलनलाई थप कारवाहीका लागि अपराध महाशाखाले महानगरीय प्रहरी परिसरलाई बुझाएको छ ।
यस्तै, राजधानीमै दिनदहाडै युवकमाथि खुकरी प्रहार गरेर मार्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काभ्रे जिल्ला हाल राजधानीको ठमेलमा बस्दै आइरहेका मिलन लामालाई गत माघ १० गते खुकुरी प्रहार गरी फरार रहेका राजधानीको चौमतीका कर्मा लामालाई महानगरीय अपराध महाशाखाले शुक्रबारै पक्राउ गरेको हो ।
















प्रतिक्रिया