४ कार्तिक २०८३, बुधबार

नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्वीर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, ५ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बालुावाटारमा सुरु भएको छ । एकताका बाँकी कामलाई पूर्णता दिन नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको १४ महिनापछि नेकपाले एकताका बाँकी काम टुंग्याउने कसरत गरेको हो । आजको बैठकबाट पार्टीका विभिन्न विभागका प्रमुख, उपप्रमुख, जिल्ला ईञ्चार्ज तथा सहईञ्चार्जहरु तोकिने छन् ।

जिल्ला ईञ्चार्ज र सहईञ्चार्जहरुमा लगभग सहमति जुटिसकेको र आजको सचिवालय बैठकले त्यसलाई अनुमोदन गर्ने नेताहरुले बताएका छन् ।

वामदेव गौतमलाई संगठन विभाग र माधवकुमार नेपाललाई विदेश विभागको नेतृत्व दिने लगभग सहमति भइसकेको बताइएको छ ।

पार्टीभित्र स्कुल विभागमा समस्या देखिएको छ । पूर्वमाओवादी समूहले आफ्नो दाबी गरिरहेको छ भने पूर्वएमालेभित्रको पनि संस्थापन पक्षले दाबी गरिरहेको छ ।

आजै बिहान प्रचण्ड निवास खुमलटारमा बसेको पूर्वमाओवादी नेताहरुको बैठकले स्कुल विभागमा दाबी नछाड्नेगरि सहमति गरेको छ ।

पूर्वमाओवादीबाट नारायणकाजी श्रेष्ठले स्कुल विभागको दाबी गरिरहेको छ । अध्यक्ष ओलीले उनलाई प्रचार विभाग प्रमुख बनाउन खोजे पनि त्यसमा श्रेष्ठले अरुची देखाएका छन् ।

पूर्वएमाले समूहबाट ईश्वर पोरखेलले स्कुल विभागमा दाबी गरिरहेका छन् । तर, पूर्वएमालेभित्र संस्थापनइतरको समूहले पोखरेललाई स्कुल विभाग प्रमुख बनाउन नहुने पक्षमा लविङ गरिरहेको बुझिएको छ ।