पर्वत । लोकप्रिय सञ्चारकर्मी तथा दोहोरी गायक कृष्ण अखेली र गायिका सरस्वती लामिछानेको स्वर रहेको तीज गीत ‘बतासे पानी’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
लामो समयदेखि लोकिप्रय तीज गीत बजारमा ल्याउँदै आएका अखेली र लामिछानेले यस पटक गण्डकी धौलागिरी क्षेत्रमा लोकप्रिय भाकामा अर्को तीज गीत बतासे पानी बजारमा ल्याएका हुन् ।
‘बतासे पानी’मा सर्जक शिव अखेलीको शब्द र गायक कृष्णको लय रहेको छ । गीतको एरेन्ज कृष्ण विक ‘भाञ्जा’ले गरेका छन् । गायक अखेलीको आधिकारिक युट्युव च्यानल कृष्ण अखेलीमार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
यसअघि लामिछाने र अखेलीले ‘आउने जाने बसैको भाडा तिरम्ला’, ‘उपन्यास’ लगायतका गीत ल्याएका थिए । ‘आउने जाने बसको भाडा तिरम्ला गीतले दुबै कलाकारलाई स्थापित गरिदिएको थियो ।
बतासे पानीको म्युजिक भिडियो निर्देशन शंकर बिसीले गरेका छन् । महेन्द्र गौतम र दीपाशा बिसीले अभिनय गरेका छन् ।
भिडियोको छायाँकन दुर्गा पौडल, सम्पादन नवीन घर्ती मगरले गरेका छन् । गायक तथा सञ्चारकर्मी अखेली पर्वतको कुस्मामा सञ्चालित रेडियो कुसुमका स्टेन म्यानेजर समेत हुन् ।















प्रतिक्रिया