१ कार्तिक २०८३, आइतबार

प्रियंका पक्राउ

65k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ साउन । उत्तर प्रदेशको मिर्जापुरबाट भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी पक्राउ परेकी छन् । जग्गा विवादका कारण सोनभद्रामा भएको गोलाबारीमा मारिएका तथा घाइते भएकाको परिवारलाई भेट्न जाने क्रममा प्रियंका पक्राउ परेकी हुन् ।

‘मलाई नै थाहा छैन मलाई कहाँ लगिँदै छ । हामी जहाँ पनि जान तयार छौं’, उनले भनिन् ।

गोलीकाण्डपछि उत्तर प्रदेशमा सेक्सन १४४ लागू गरिएको छ । जसअनुसार ४ जनाभन्दा बढी व्यक्ति झुण्ड बनाएर सार्वजनिक स्थानमा बस्न पाइँदैन । एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु भएपछि युपिमा सेक्सन १४४ लागू गरिएको थियो ।

प्रियंका युपि सरकारको विरोधमा धर्ना पनि बसेकी थिइन् । गोलीकाण्डका पिडीतलाई भेट्न पाउनुपर्ने उनको माग थियो । आफू ४ जनाको संख्यामा पनि पीडितलाई भेट्न जान तयार रहेको बताउँदै प्रशासनले आफूहरुलाई जान नदिएकाले धर्ना बसेको उनले भनिन् । -एजेन्सी