
काठमाडौँ, ३ साउन । प्रभु बैंक लिमिटेड र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालबीच सम्झौता भएसँगै बैंकले २४ घण्टे क्यास काउण्टर सञ्चालन ल्याएको छ ।
बिहीबारदेखि महाबौद्धस्थित वीर अस्पतालको परिसरमा प्रभु बैंकको बैंकिङ सेवासहित २४ घण्टे क्यास काउण्टर सञ्चालनमा आएको हो ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका उपकुलपति प्रा.डा. देवनारायण साहले क्यास काउण्टरको उद्घाटन गरे ।
वीर अस्पताल परिसरमा सञ्चालनमा २४ घण्टे क्यास काउण्टरमा उपचारको लागि आउने सेवाग्राहीहरुले चौबीसै घण्टा वीर अस्पतालमा बुझाउनुपर्ने जुनसुकै रकम विना झन्झट सरल एवं सहज रुपमा जम्मा गर्न पाउने छन् ।
प्रभु बैंकको क्यास काउण्टर चौबिसै घण्टा लगातार रुपमा सञ्चालन हुने भएकोले अबदेखि वीर अस्पतालमा उपचारका क्रममा आउने जुनसुकै विरामीले आप्mनो आवश्यकतानुसार जुनसुकै समयमा रकम जम्मा गरी अस्पतालको सेवा उपभोग गर्न पाउनेछन् ।
वीर अस्पतालको आधिकारिक बैंकको रुपमा बिरामीहरुको शीघ्र स्वास्थ्य लाभको कामनासहित उपचार सेवामा सहयोगीको रुपमा संलग्न हुन पाउँदा बैंकले खुशी व्यक्त गरेको छ ।
बैंकले स्वास्थ्य क्षेत्रमा समेत उल्लेख्य योगदानका लागि सदा प्रयासरत रहने बैंकले जनाएको छ ।















प्रतिक्रिया