१० कार्तिक २०८३, मंगलबार

एमाओवादीलाई सहमतिमा ल्याउन केपी ओलीको यस्तो रणनीति !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli-with-prachanda

काठमाडौं, ८ फागुन । सहमतिको रटान लगाउँदै आन्दोलनको तयारीमा जुटेको एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलिय मोर्चालाई वार्तामा ल्याउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रणनीति बनाउनुभएको छ ।

उहाँले वैद्य र विप्लव माओवादीलाई समेत समेट्ने गरी रणनीति बनाउनुभएको एमाले स्रोतले जानकारी दिएको छ । रणनीतिका विषयमा पार्टीभित्र छलफल समेत भएको थियो ।

अध्यक्ष ओलीले नेपालका माओवादी विस्तृत शान्ति सम्झौताको महत्वपूर्ण सहयात्री भएकाले माओवादी तथा सबै दलहरुलाई सहमतिमा ल्याएर संविधान बनाउन रणनीति बनाउनुभएको हो ।

रणनीति अनुसार अध्यक्ष ओलीले एमाओवादीका शिर्ष नेतासंग फोन वार्ता सुरु गर्नुभएको छ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाको वार्ता प्रयास सफल हुन नसकेपछि अध्यक्ष ओली प्रतिपक्षी दलहरुलाई वार्तामा ल्याउन कस्सिनुभएको एमाले स्रोतले जनाएको छ ।

KP_Oli-Prachand

यद्यपी एमालेले अध्यक्ष ओलीको रणनीति सार्वजनिक गरेको छैन् । फागुन महिनाभित्रै प्रतिपक्षी दल एमाओवादी र वैद्य मोर्चा, मधेसवादी दलसंग वार्ता गरी अधिकतम सहमतिमा ल्याउने योजना अध्यक्ष ओलीले बनाउनुभएको छ ।

सहमतिका नाममा पहिलो संविधानसभाको विघटन भएको भन्दै अध्यक्ष ओलीले फेरि पनि सहमतिकै नाममा पहिलेको जस्तो स्थिति दोहोरिन नदिन विपक्षी दलहरुलाई वार्तामा ल्याएर सहमतिकै संविधान निर्माण गरिने रणनीति बनाउनुभएको हो ।

अध्यक्ष ओलीले पहिलो चरणमा दलहरुलाई सहमतिमा आउन आग्रह गर्ने र दोस्रो चरणमा एमालेकै पहलमा छुट्टै वार्ता गरी सहमतिमा ल्याउने उक्त रणनीतिमा उल्लेख छ ।

सत्तारुढ दलहरुले यसअघि प्रधानमन्त्री सुशील कोइरालालाई एमाओवादी लगायतका विपक्षी दलहरुलाई सहमतिमा ल्याउन जिम्मेवारी तोकेका थिए ।

प्रधामन्त्रीले वार्ताको प्रयास स्वरुप लिखित पत्रमार्फत विपक्षी दलहरुलाई सहमतिमा आउन आग्रह गरेका थिए । तर उनको प्रस्तावलाई विपक्षी दलहरुले ठाडै अस्विकार गरेका थिए ।

विपक्षी दलहरुलाई सहमतिमा ल्याउन प्रधानमन्त्री असफल भएपछि नेकपा एमाले आफ्नै पहलमा वार्ता र सम्वाद गर्न जुटेको हो । केही दिन एमाले अध्यक्ष ओली र एमाओवादी अध्यक्ष प्रचण्डबीच जुहारी चलेपनि अहिले सहमतिका लागि एकै टेबलमा बस्ने संकेत दिएका छन् ।