४ कार्तिक २०८३, बुधबार

आशिष र स्मिताको ‘जालमै पार्छु’ (भिडियोसहित)

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । अहिलेका चर्चित संगीतकार आशिष अविरल र नवगायिका स्मिता दाहालको रोमान्टिक गीत ‘जालमै पार्छु’ सार्वजनिक भएको छ । गीतको भिडियोमा आँचल शर्मा र विजु पार्कीले अभिनय गरेका छन् ।

एकनारायण भण्डारीको शब्द र आशिषकै संगीत रहेको गीत र भिडियोलाई ग्रिष्मा ब्रोडकास्टिङले बजारमा ल्याएको हो । गीतको भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईँले खिचेका हुन् भने विकास ज्ञवालीले सम्पादन गरेका छन् ।

स्मिताको यो दोस्रो गीत हो । यसअघि उनले प्रियंका कार्कीको अभिनय रहेको मलाई आमाले दिएको गीत सार्वजनिक गरेकी थिइन् । अब यसपछि स्मिता र प्रकाश सपुतको स्वर रहेको गीत सार्वजिन हुने तयारी छ । जुन गीत रेकर्ड भइसकेको छ ।

भिडियो हेर्नुहाेस् :

https://youtu.be/RuFvYLMooKw?t=1