मुम्बई । बलिउडका अधिकांश फिल्ममा ‘आइटम डान्स’ अनिवार्य जस्तै मानिन्छ । प्रदर्शन भैरहेका प्रायः सबै फिल्महरूमा एकरूएक वटा आइटम डान्स समावेश गरिएका हुन्छन् ।
अझ पुराना हिट गीतलाई रिमिक्स गरेर त्यसलाई आइटम डान्सको स्वरुप प्रदान गर्नु अहिले फेसन जस्तै बनेको छ ।
त्यसो त हिन्दी फिल्ममा प्रयोग गरिने आइटम डान्सलाई फिल्म चलाउने फण्डाको रुपमा पनि चित्रण गरिन्छ भने कतिपयले यसलाई फिल्मी फर्मूला समेत भनिरहेका छन् ।
करीना कपूरदेखि लिएर दीपिका पादुकोणसम्मका बलिउड अभिनेत्रीहरुले विभिन्न फिल्महरुमा आइटम डान्स गरेर दर्शकको मन जितिसकेका छन् भने त्यसरी डान्स गरेर पारिश्रमिकको रुपमा ठूलै रकम समेत पाइरहेका छन् ।
बलिउड नायिका एवम् पूर्वपोर्नस्टार सनी लियोनी बलिउडकै सबैभन्दा महंगी आइडम डान्सर हुन् । बलिउडका फिल्महरूमा उनको डिमाण्ड सबैभन्दा बढी छ ।
उनले शाहरुख खान जस्ता सुपरस्टारको फिल्म ‘रईस’ पनि समेत आइटम डान्स गरिसकेकी छिन् । उनी एउटा गीतमा आइडम डान्स गरेको ४ देखि ५ करोड भारुसम्म पारिश्रमिक लिन्छिन् । सनीले आइटम डान्स गरेका प्रायः सबै गीतहरू लोकप्रिय भएका छन् ।
बलिउड अभिनेत्री प्रियंका चोपडाले ‘राम जाने’ जस्तो उत्कृष्ट आइटम गीतमा नृत्य गरिसकेकी छिन् । उनी एउटा गीतमा आइटम डान्स गरेको तीनदेखि चार करोड भारु सम्म पारिश्रमिक लिन्छिन् । उनी प्रायः एक ग्रेडका फिल्महरूका लागि मात्र आइटम डान्स गर्न रुचाउँछिन् ।
चिकनी चमेली तथा शीला की जवानी जस्ता लोकप्रिय आइटम गीतमा कट्रिना कैफले कम्मर मर्काइसकेकी छिन् । उनी एउटा आइटम गीतमा डान्स गरेको तीन करोड भारु पारिश्रमिक बुझ्छिन् । कट्रिनाले आइटम गीत गर्ने आफ्नै शैली छ । उनी आफ्ना नजिकका निर्माता निर्देशकका फिल्मका आइटम गीतमा मात्र डान्स गर्न रुचाउँछिन् ।
कट्रिना कैफ झैं दीपिका पादुकोणले पनि आफ्ना नजिकका निर्माता, निर्देशक अथवा अभिनेताका लागि मात्र आइटम डान्स गर्ने नियम बनाएकी छिन् । उनी एउटा आइटम गीतमा डान्स गरेको तीन करोड भारुसम्म पारिश्रमिक लिन्छिन् ।
फिल्म बागी २ मा ज्याकलिन फर्ना्न्डिजले गरेको ‘एक दो तीन’ शीर्षकको आइटम गीतले दर्शकहरुको मन जित्न सकेन । यद्यपि, उनी पनि बलिउडकी लोकप्रिय आइटम डान्सर अभिनेत्री हुन् । उनी एउटा गीतमा आइटम डान्स गरेको करिव दुई करोड भारु पारिश्रमिक लिन्छिन् ।
मलाइका अरोरा कुनै बेला नम्बर एक आइटम डान्सरको रुपमा स्थापित थिइन् । उनले आइटम डान्स गरेको मुन्नी बदनाम हुइलोकप्रिय मानिन्छ । पछिल्लो समय भने उनी आइटम गीतमा त्यति रुची राखेको पाईंदैन । उनी एउटा गीतमा डान्स गरेको दुई करोड भारुसम्म लिन्छिन् ।
अभिनेत्री उर्वशी रौटेलाले आइटम डान्स गरेको गीत ‘सारा जमाना’ अत्यन्त लोकप्रिय रह्यो । उनी एउटा गीतमा आइटम डान्स गरेको ५० लाख भारु पारिश्रमिक लिन्छिन् ।















प्रतिक्रिया