लण्डन, २ साउन । प्रि–सिजन भ्रमणको क्रममा अस्ट्रेलिया पुगेको इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले मैत्रीपूर्ण खेलमा लीड्सलाई पराजित गरेको छ ।
पर्थमा भएको खेलमा ओल गुनार सोल्सकेएरको टिम म्यानचेस्टर युनायटेडले लीड्सलाई ४–० ले पराजित गरेको हो ।
१७ वर्षका मेसन ग्रीनवुडले दोस्रो मिनेटमा नै गोल गर्दै युनाइटेडलाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफमा मार्कस राशफोर्डले टिमका लागि एक गोल थपे ।
दोस्रो हाफमा फिल जोन्सले शक्तिशाली हेडरमार्फत गोल गरे । यस्तै एन्थोनी मार्सलले पेनाल्टी मार्फत अर्को गोल थपेपछि युनाइटेड ४–० ले विजयी भयो ।
रामेलु लुकाकु बिना खेलेका युनाइटेडमा मेसनले सोही कारण स्थान पाए । लुकाकुको अनुपस्थितिमा उनले टिमका लागि उत्कृष्ट प्रदर्शन गर्न सक्छन् भन्ने देखियो ।
लुकाकुमा इटालियन क्लब इन्टर मिलानले चासो देखाएको छ र उनलाई जान दिनु नै युनाइटेडका लागि उपयुक्त हुने देखिएको फुटबल पण्डितले उल्लेख गरेका छन् ।















प्रतिक्रिया