१० कार्तिक २०८३, मंगलबार

फागुन २५ मा जनप्रदर्शन गर्न यस्तो छ वैद्य माओवादीको तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baidya-moistकाठमाडौं, ८ फागुन । संविधानसभा खारेज गरी राजनीतिक गोलमेच सभाको माग गर्दै आइरहेको नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले जनतन्त्र र जनजीविकाका विषयलाई लिएर यही फागुन २५ गते काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ ।

माओवादीको केन्द्रीय कार्यालय बुद्धनगरको बैठकले संविधानसभाबाट जनताको अपेक्षाको संविधान निर्माण हुन नसक्ने ठहर गर्दै जनप्रदर्शन गर्ने निर्णय गरेको हो ।

बैठकले ३३ दलीय मोर्चालाई निरन्तरताका साथ अझ सक्रिय बनाउने निर्णय गर्दै सबै वर्ग तथा क्षेत्रलाई अधिकारसम्पन्न पार्ने गरी अधिकारसम्पन्न सर्वपक्षीयसभाको गठन गरेर संविधानका विवादित विषयमा सहमति खोज्नुपर्नेमा जोड दिइएको नेकपा-माओवादीका प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

मोर्चाको बैठकले संविधानसभाको विघटन, अधिकार सम्पन्न सर्वपक्षीयसभाको गठन, उत्पीडित जातिहरूको पहिचानसहितको सङ्घीय गणतन्त्रात्मक संविधान, राज्यका सबै अङ्गहरूमा उत्पीडित वर्ग तथा समुदायहरूको पूर्ण समानुपातिक प्रतिनिधित्व, राष्ट्रिय स्वाधीनताको रक्षा र ग्यास, तेल, लोडसेडिङ, भ्रष्टाचार तथा महँगीलगायत राष्ट्रियताका निम्ति सङ्घर्ष गर्ने निष्कर्ष निकालेको प्रवक्ता भुसालले बताउनुभयो ।

उहाँका अनुसार त्यसका लागि युद्धस्तरबाट तयारी थालिएको छ । ‘शिर्ष नेता तथा कार्यकर्तालाई जिम्मेवारी बाँडफाडँ गरेर जनप्रदर्शन कार्यक्रम सफल बनाउने गरी तयारी थालिएको छ,’ उहाँले भन्नुभयो ।