१ कार्तिक २०८३, आइतबार

श्रीलङ्कामा सुख्खाले साढे पाँच लाख प्रभावित

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १ साउन । श्रीलङ्कामा अत्यधिक गर्मीपछि उत्पन्न सुख्खा मौसमका कारण साढे पाँच लाखभन्दा बढी नागरिक प्रभावित भएका छन् ।

प्रकोप व्यवस्थापन केन्द्रले बुधबार सार्वजनिक गरेको विवरणअनुसार पाँच लाख ६७ हजार ६६२ जना प्रभावित भएका हुन् ।

उनीहरु एक लाख ५९ हजार १२३ परिवारका सदस्य रहेको पनि विवरणमा उल्लेख गरिएको छ । उनीहरुलाई तत्काल स्वच्छ पिउने पानी अत्यावश्यक रहेको केन्द्रका अधिकारीहरुको भनाइ छ ।

केन्द्रका सहायक निर्देशक प्रदीप कोडिप्पीलीले सुख्खा प्रभावित क्षेत्रमा स्वच्छ खानेपानीलगायतका सामग्रीहरु पठाउने कार्य भइरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार त्यस क्षेत्रमा सुख्खाका कारण कतिपय रोगहरु पनि फैलिएको छ भने मानिसको दैनिकी कष्टकर भएको छ ।

सुख्खाका कारण वृद्धवृद्धा र बालबालिका बढी प्रभावित भएको र उनीहरुलाई गाह्रो भएको अधिकारीहरुले जानकारी दिएका छन् । –रासस