४ कार्तिक २०८३, बुधबार

फिफा विश्वकप छनाेट प्रतियोगितामा नेपाल ‘समूह बी’मा

5.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठामाडाैँ, १ साउन । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबल र सन् २०२३ मा चीनमा हुने एएफसी एसियन कपको छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ ।

बुधबार एसियाली फुटबल महासंघको मुख्यालय मलेसियाको क्वालालम्पुरमा दोस्रो चरणको प्रतिस्पर्धाका लागि भएको ‘ड्र’ मा नेपालसम्मिलित समूहमा अस्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेई र कुवेत परेका छन् ।

दोस्रो चरणमा पुगेका नेपालसहित ४० टिमलाई ८ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा ५-५ टिमलाई राखिएको छ। दोस्रो चरणको प्रतिस्पर्धा आगामी भदौ ९ देखि सुरु हुनेछ । पाँच टिमले ह‍ोम एन्ड अवेको आधारमा एक वर्षको अन्तरमा ८-८ खेल खेल्नेछन् ।

विश्वकप २०२२ र एसिया कप २०२३ को दोस्रो चरणको छनोटको समूह

समूह ए
चीन, सिरिया, फिलिपिन्स, माल्दिभ्स, गुवाम

समूह बी
अस्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेई, कुवेत, नेपाल

समूह सी
इरान, इराक, बहराइन, हङकङ, कम्बोडिया

समूह डी
साउदी अरेबिया, उज्वेकिस्तान, प्यालेस्टाइन, यमन, सिंगापुर

समूह ई
बंगलादेश, ओमान, भारत, अफगानिस्तान, कतार

समूह एफ
जापान, किर्गिस्तान, ताजकिस्तान, म्यानमार, मंगोलिया

समूह जी
युएई, भियतनाम, थाइल्यान्ड, मलेसिया, इन्डोनेसिया

समूह एच
दक्षिण कोरिया, लेवनान, उत्तर कोरिया, तुर्केमिनिस्तान,श्रीलंका