४ कार्तिक २०८३, बुधबार

अब ९ सय ४५ रुपैयाँमै टेलिकमको पोष्टपेड सिम लिन पाइने

6.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ साउन । नेपाल टेलिकमले अब ९ सय ४५ रुपैयाँमै पोष्टपेड सिम उपलब्ध गराउने भएको छ । यसअघि पोष्टपेड सिमका लागि १ हजार ५ सय १० रुपैयाँ बुझाउनु पर्दथ्यो ।

आर्थिक विधेयक, २०७६ को दफा १४(१) मा व्यवस्था भए बमोजिम टेलिफोन जडान गर्ने ग्राहकबाट स्वामित्व शुल्क वापत रु. ५ सय मात्र लिने व्यवस्था भएपछि नेपाल टेलिकमले उपलब्ध गराउदै आएको स्थानीय टेलिफोन तथा पोष्टपेड मोबाइल पहिले भन्दा कम दरमा उपलब्ध गराउने भएको हो ।

जस अनुसार अब १ हजार ६ सय ३५ रुपैयाँमा स्थानीय टेलिफोन जडान गर्न सकिनेछ । यसअघि स्थानीय टेलिफोनका लागि २ हजार २ सय रुपैयाँ बुझाउनु पर्दथ्यो ।

विधेयकको कार्यान्वयन सँगै स्थानीय टेलिफोनको नामसारी गर्दा लाग्ने शुल्कमा समेत ५ सय ६५ रुपैयाँ कम भएको छ । यसअघि टेलिफोन नामसारी गर्दा १२ सय ४३ रुपैयाँ शुल्क बुझाउनु पर्दथ्यो भने आजैदेखि ६ सय ७८ रुपैयाँ मात्र भुक्तानी गर्नु पर्दछ ।

परिमार्जित शुल्क आजैदेखि लागू भएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् ।