४ कार्तिक २०८३, बुधबार

मेरो अफेयर थियो बिहे गरेको थिइँन : शिल्पा पोखरेल

64.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अभिनेत्री शिल्पा पोखरेलले आफ्नो पहिलो बिहे नै फिल्म निर्माता छविराज ओझासँग भएको दाबी गरेकी छन् ।

ओझाले एउटा अन्तरवार्ताका क्रममा आफ्नो चौथो बिहे पोखरेल भए पनि आफू पनि उनको दोस्रो बिहे भएको बताएका थिए । उनले अझ, पहिलो बिहे भएको पोखरेल आफैंले पनि स्वीकारेको दाबी गरेका थिए ।

ओझाको उक्त दाबीको खण्डन गर्दै पोखरेलले एउटा अन्तरवार्तामा भनेकी छन्,‘मेरो अर्को केटासँग पहिला अफेयर भएको हो तर बिहे गरेको होइन । मेरो पहिलो बिहे नै छविराज ओझासँग भएको हो ।’

उनले मिडियामा आएर झूठो कुरा नबोल्न सुझाव दिँदै ओझालाई भनेकी छन्,‘बरु नबोल्नुस् मलाई पनि बोल्न बाध्य नबनाउनुस् ।’