काठमाडौं, ८ फागुन । इनोभेटिभ इङलिस स्कुलको दुई टोली प्रथम स्वप्न वाटिका अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा फाइनलमा प्रवेश गरेको छ ।
इनोभेटिभको सिनियर गर्ल्स र जुनियर ब्वाइज टोली फाइनलमा पुगेको हो ।
सिनियर गर्ल्सको पहिलो सेमिफाइनलमा बिहीबार इनोभेटिभले डेनेब एकेडेमीलाई ३८–२० ले पराजित ग-यो ।
इनोभेटिभको जितमा ममता गुरुङले १७ अंक योगदान गरिन् ।
फाइनलमा इनोभेटिभको भेट साइपाल एकेडेमीसंग हुनेछ ।
अर्को सेमिफाइनलमा साइपालले आयोजक स्वप्न वाटिका स्कुललाई ३०–२० ले हराएको थियो ।
साइपालकी डेनिशा सिंहले १८ स्कोर गरिन् ।
जुनियर ब्वाइजको पहिलो सेमिफाइनलमा इनोभेटिभले डेनेबलाई नै पाखा लगाउने क्रममा ६०–४५ को नतिजा निकाल्यो ।
इनोभेटिभका ईश्वर सापकोटाले २४ अंक जोडे ।
उपाधिका लागि इनोभेटिभले ओडिसी र अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) बीच शुक्रबार हुने दोश्रो सेमिफाइनलको विजेतासंग प्रतिस्पर्धा गर्नेछ । फाइनल शनिबार हुनेछ ।















प्रतिक्रिया