काठमाडौं, ८ फागुन । नेपालमा होटेल र रेस्टुरेन्टमा चिनियाँ लगानी ह्वात्तै बढेको छ।
उड्डयन, विमानस्थललगायत ठूला परियोजनामा लगानी गरिरहेको चीनले अहिले होटेल र रेस्टुरेन्टमा पनि वर्चस्व बढाउँदै लगेको छ।
यसले पछिल्लो समयमा चिनियाँ लगानी नेपालको पर्यटन क्षेत्रमा केन्द्रित देखाउँछ।
पछिल्लो एक वर्षमा नेपालमा चिनियाँ लगानीका ४९ वटा होटेल र रेस्टुरेन्ट खुलेका छन्।
नेपालमा विदेशी लगानी सुरु भएयता हालसम्म चिनियाँ लगानीका साना पर्यटन उद्योगको संख्या दुई सय १३ पुगेको छ।
उद्योग विभागको तथ्यांकअनुसार अहिलेसम्म नेपालमा चिनियाँ लगानीमा साना पर्यटन उद्योगमा ३३ अर्ब ८५ करोड रुपैयाँ लगानी प्रस्ताव गरिएको छ।
यसमध्ये चार अर्ब २१ करोड रुपैयाँ लगानी भइसकेको तथ्यांक रहेको अन्नपूर्ण पोष्टले छापेको छ।
नेपालमा होटेल रेस्टुरेन्ट क्षेत्रमा भित्रिएको विदेशी लगानीमा ९५ प्रतिशतभन्दा बढी चिनियाँ छ। बाँकी पाँच प्रतिशत नेपालीसँगको संयुक्त लगानी छ।
विभागमा दर्ता दुई सय १३ चिनियाँ लगानीका उद्योगमध्ये एक सय २० वटा संयुक्त लगानीका छन्। बाँकी उद्योगमा चिनियाँको एकल लगानी छ।
चीनको लगानी नेपालको उड्डयन क्षेत्रमा पनि बढ्दो छ।
भैरहवामा गौतमबुद्ध विमानस्थललाई स्तरोन्नति गरेर क्षेत्रीय अन्तर्राष्ट्रिय स्तरको बनाउने जिम्मा चीनले पाइसकेको छ।
चीनकै लगानीमा पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य सुरु हुँदै छ।
नेपाल वायुसेवा निगमलाई दुईवटा चिनियाँ जहाज उपलब्ध गरासकेको चीनले थप चारवटा जहाज दिने भएको छ।
जहाज मर्मत गर्ने ह्यांगर निर्माणमा पनि चीनले विशेष चासो देखाएको छ।
चीन नेपालको हवाई क्षेत्रकै नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई समेत वाई १२ नामको १८ सिट क्षमताको जहाज दिन इच्छुक छ।
नेपालमा एयर चाइना, चाइना साउदर्न र चाइना इस्टर्न नामका तीनवटा जहाजबाट उडान भइरहेको छ।
चीनले नेपालसँग हवाई सञ्जाल विस्तारका क्रममा सिचुवान एयरलाइन्सले समेत उडान गर्ने भएको छ।
चीनकै लगानीमा नेपालबाट हिमालय एयरलाइन्सले पनि उडान तयारी गरेको छ।
नेपालमा चिनियाँ पर्यटकको बढ्दो पहुँच हेरेर उसले पर्यटकीय सेवामा लगानी बढाएको अनुमान होटेल संघ नेपाल (हान) का महासचिव विनायक शाहको छ।
शाहका अनुसार नेपालमा चिनियाँ पर्यटक बढेको र लाभको क्षेत्र भएकाले पनि होटेल तथा रेस्टुरेन्टमा उसको लगानी बढेको हो।
साना क्षेत्रलाई आधार बनाएर बिस्तारै ठूला पर्यटकीय क्षेत्रमा पनि चीनको लगानी बढ्ने शाहको अनुमान छ।
चीनले भ्रमण गर्नुपर्ने मुलुकमध्ये नेपाललाई नवौं सूचीमा राखेको छ।
नेपालमा पछिल्लो समय चिनियाँ पर्यटकको आगमन बढेकाले पनि उसको लगानीले प्राथमिकता पाएको हो।
नेपालमा चिनियाँ पर्यटकको आगमनको अवस्था हेर्दा सन् २०१६ सम्म यो सं या करिब दुई लाख पुग्ने अनुमान छ।
नेपालमा आगामी पाँच वर्षभित्र १० लाख चिनियाँ पर्यटक भित्रिने दाबी प्यासिफिक एसिया ट्राभल एसोसिएसन अफ नेपाल ९पाटा० का अध्यक्ष सुमन पाण्डेको छ।
चीनसँग सहज हवाई पहुँच बढ्दै गएकाले यो सम्भव हुने उनको तर्क छ।
सन् २०१२ मा ७१ हजार आठ सय ६१ चिनियाँ पर्यटक नेपाल आएकोमा यो सं या बढेर २०१३ मा एक लाख १३ हजार एक सय ७३ पुगेको नेपाल पर्यटन बोर्डले जनाएको छ।
बोर्डका अनुसार सन् २०१४ मा पनि नेपाल आउने चिनियाँ पर्यटकको संख्या बढेको छ तर आधिकारिक तथ्यांक सार्वजनिक गरिएको छैन।















प्रतिक्रिया