
काठमाडौँ, ३० असार । जनता बैंक नेपाल लिमिटेडले आज सोमबार ललितपुरको खुमलटार स्थित आफ्नो शाखा कार्यालयको औपचारिक उद्घाटन गरी कारोवार शुभारम्भ गरेको छ ।
शाखाको उद्घाटन बैंक संचालक समिति अध्यक्ष केशबबहादुर रायमाझीले गरे । कार्यक्रममा बैंकका अन्य संचालक र प्रमुख कार्यकारी अधिकृत परशुरामकुँवर क्षेत्रीको उपस्थिति रहेको थियो ।
देशको सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले शाखा विस्तारलाई तीब्रता दिएको जनता बैंकको शाखा सञ्जाल यो समेत १४२ पुगेको छ भने काठमाडौँ उपत्यकामा यो २४औं शाखा हो ।
यस अतिरिक्त बैंकले १०८ एटिएम, ५० शाखारहित बैंकिङ, १ सीमित बैंकिङ ईकाइ, ३ एक्सटेन्सन काउन्टरमार्फत ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।















प्रतिक्रिया