काठमाडौं, ८ फागुन । कतारले कामदारलाई तलव नदिने कम्पनी वा स्पोन्सरलाई जेल र जरिवाना लगाउने गरी नयाँ नियम तोकेको छ ।
सरकारी अधिकारीहरुले यो नियमलाई कामदारको तलव सुरक्षा गर्न चालिएको महत्वपूर्ण कदमको रुपमा हेरेका छन् ।
कतारी अमिर शेख विन हमाद अल थानीले कामलारको तलव सुरक्षा सम्बन्धी नियम बुधबार पारित गरेका हुन् ।
यो सरकारी गजेट मा राखिएपछि कार्यान्वयनमा आउने कान्तिपुर दैनिकले छापेको छ ।















प्रतिक्रिया