
काठमाडौँ, २९ असार । मुक्तिनाथ विकास बैंक लिमिटेड र ॐ समाज डेण्टल हस्पिटल, चाबहिलबीच सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुलाई हस्पिटलको तोकिएका शुल्कमा विशेष छुट प्राप्त हुने छ ।
सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल तथा ॐ समाज डेण्टल हस्पिटलको तर्फबाट अध्यक्ष सुवास घिमिरेले हस्ताक्षर गरे ।
सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक ग्राहकहरूले डेण्टल अस्पताल, चाबहिलमा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ ।
मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभरी १ सय १९ वटा शाखा, २५ वटा एटीएम र छ लाखग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु प्रदान गरिरहेको छ ।
रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिङ सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ ।
हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको छ सूचना अधिकारी तिलबहादूर गुरुङ्गले जानकारी दिए ।















प्रतिक्रिया