१० कार्तिक २०८३, मंगलबार

एजेण्डा नभएको एमाओवादी मोर्चा आन्दोलनको कुनै अर्थ छैन् : गगन थापा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gagan thapaचितवन, ७ फागुन । नेपाली काँग्रेसका युवा नेता गगन थापाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बनेको मोर्चाको कुनै राजनीतिक एजेण्डा नभएको दाबी गर्नुभएको छ ।

चितवनमा विहीवार भएको एक कार्यक्रममा उहाँले मोर्चा मुद्दाबिनै सङ्घर्षमा उत्रिएको भएपनि नेपाली काँग्रेस जिम्मेवार पार्टी भएकाले निकास निकाल्ने जिम्मा काँग्रेसकै काँधमा रहेको बताउनुभयो ।

प्रजातन्त्र दिवसको अवसरमा चितवनमा प्रजातान्त्रिक विचार समाज र नेपाली काँग्रेस चितवनले आयोजना गरेको विचार गोष्ठीमा उहाँले काँग्रेस समाज डोर्याउने पार्टी भएकाले खुलेरै उनीहरूसँग बहस गर्नुपर्नेमा जोड दिनुभयो ।