२ कार्तिक २०८३, सोमबार

मध्यपश्चिममा महिला र बालबालिका हिंसाका घटना बढे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

SAMSUNG CAMERA PICTURES

नेपालगञ्ज, ७ फागुन । मध्यपश्चिममा यातना र हत्याका घटनामा कमी आएपनि महिला र बालबालिकामाथि हुने हिंसा बढेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जनाएको छ ।

नेपाल मानवअधिकार वर्ष पुस्तक २०१५ सार्वजनिकीकरण तथा सन् २०१४ मा मध्यपश्चिमको मानवअधिकार अवस्था विचार गोष्ठी’ मा उक्त कुरा बताइएको हो । विहीवार सार्वजनिक गरिएको प्रतिवेदन अनुसार मानवअधिकार ज्यादतीका घटना अघिल्लो वर्षको तुलनामा कम भए पनि सोंचे जस्तो कमी हुन सकेको छैन ।

कार्यक्रममा बोल्दै इन्सेक नेपालगन्जका संयोजक भोला महतले सन् २०१३ मा मानवअधिकार ज्यादतीका घटनाबाट ९६८ जना पीडित भएकोमा सन् २०१४ मा ८४१ जना पीडित भएको बताए ।

उनले सन् २०१४ मा महिला अधिकारका घटना बढेको तथ्यांकले देखाएको छ । सन् २०१३ मा ३५५ वटा महिला अधिकारका घटना घटेकोमा २०१४ मा बढेर ५४४ पुगेको महतले जानकारी दिए ।

उनका अनुसार बालअधिकारका घटनामा पनि बृद्धि भएको छ । सन् २०१३ मा ८६ वटामात्र घटना भएकोमा सन् २०१४ मा १३९ वटा बालअधिकारका घट्ना घटेको इन्सेकले जनाएको छ ।

कुटपिट र बेवारिसे बम विस्फोटका घटनामा भने कमी आएको छ । बम विस्फोटबाट अघिल्लो वर्ष ८६ जना घाइते भएकोमा सन् २०१४ मा २६ जना घाइते भएका थिए ।

अघिल्लो वर्ष आर्थिक, सामाजि एवम् साँस्कृतिक अधिकारका घटनामा ९ जना पीडित भएपनि सन् २०१४ मा एकजना पनि पीडित नभएको इन्सेकले जनाएको छ ।

अपहरणका घटनामा पनि कमी आएको इन्सेकले जनाएको छ । संयोजक महतका अनुसार अघिल्लो वर्ष २१ जना अपहरणमा परेको भए पनि सन् २०१४ मा २ जनामात्र अपहरणमा परेका थिए ।

हत्याका घटनामा समेत कमी आएको सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्ष ३४ जनाको हत्या भएको थियो । तर, सन् २०१४ को एक वर्षमा २७ जनाको हत्या भएको जनाइएको छ ।

कार्यक्रममा इन्सेकका केन्द्रिय सदस्य टिकाराम भट्टराई, बाँकेका प्रमुख जिल्ला अधिकारी वेद प्रकाश लेखक, प्रहरी प्रमुख बसन्त पन्त लगायतले विचार राखेका थिए ।