४ कार्तिक २०८३, बुधबार

पञ्चकन्याद्वारा “डेकिङ्ग” सिट बजारमा

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडैं, २९ असार । पञ्चकन्या ग्रुपले निर्माण कार्यमा प्रयोग हुने “ग्यालभनाइज्ड डेकिङ्ग” सिट नेपाली बजारमा विक्री वितरण गर्दै आएको जनाएको छ ।

ग्रुपले शनिबार विज्ञप्ति जारी गरेर विश्वमै निर्माण क्षेत्रमा व्यापक रुपमा प्रचलनमा आइरहेको यस सिट मजबुत भरपर्दाे र निर्माण गर्न छिटो छरितो हुने गरेको जनाएको छ ।

यसलाई निर्माण कार्यमा स्थाई रुपमा प्रयोगमा ल्याउन सकिने र मूल्यमा समेत किफायति रहेको जनाइएको छ ।

तौलमा हलुका विशेषता रहेका यी सिटहरू मजबुत, खिया नलाग्ने र वाटरप्रुफ समेत रहेको यसको प्रमुख विशेषता रहेको ग्रुपको दाबी छ ।

‘कंक्रिट राम्रोसँग टासिएर बस्ने र ढलानको स्ल्याबको मोटाइलाई कम गर्न समेत मद्दत गर्दछ जसले गर्दा भवनलाई भार कम पर्दछ साथै, यसको प्रयोगले मर्मत सम्भार गरिरहनु पर्ने झन्झट रहदैन, आवश्यकता अनुसार साइजमा उपलब्ध हुने यी निर्माण सामाग्री नेपालभरि नै उपलब्ध छन्’, विज्ञप्तिमा भनिएको छ ।