१० कार्तिक २०८३, मंगलबार

चैतदेखि हिन्दु राष्ट्र घोषणा गर्न आन्दोलन सुरु गर्छाैं : खुमबहादुर खड्का

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khum-bhadur-khakdaदाङ, ७ फागुन । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न आगामी चैतदेखि देशव्यापी आन्दोलन गर्ने बताउनुभएको छ ।

रिपोटर्स क्लब नेपाल दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खड्का सबै राजनीतिक दलका नेताहरुसंग समन्वय गरेर आफ्नै नेतृत्वमा देशव्यापी आन्दोलन गर्ने बताउनुभएको हो ।

उहाँले आन्दोलन कांग्रेसको झण्डा नबोक्ने स्पष्ट पार्नुभयो । ‘कुनै पार्टी विशेष आन्दोलन होइन, देशव्यापी आन्दोलन भएकाले राष्ट्रिय झण्डाले हिन्दु राष्ट्र घोषणाका लागि आवाज उठाइने छ ।’ उहाँले भन्नुभयो ।

नेपालमा ८१ प्रतिशत जनसंख्या हिन्दु धर्मालम्वी भएकाले देशलाई जबर्जस्ती धर्मनिरपेक्ष बनाइए देशकै लागि घातक हुने खड्काको धारणा छ ।

उहाँले हिन्दु राज्य बनाउने विषयमा संविधानसभाबाट सम्भव नभएकाले जनमत संग्रहबाटै छिनोफानो हुनुपर्छ भन्नुभयो । नेता खड्काले कांग्रेसले हिन्दुराज्य घोषणाका लागि साथ नदिए पार्टी नै संकटमा पर्ने चेतावनी दिनुभयो