
काठमाडाैँ, २७ असार । वर्षा र बाढीका कारण देशका विभिन्न स्थानमा छ जनाको मृत्यु भएको छ ।
अनुसार बनेपा–३, नालामा भूकम्प पीडितको घरमाथि पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् । मृत्यु हुनेमा ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीय सोहनी दंगाल छन् । उनीहरु हजुआमा-नातिनी हुन् ।
घटनामा बुहारी ३० वर्षीया शुशिला र तीन महिने नातिनी अनुश्का घाइते भएका प्रहरीले जनाएको छ।
यस्तै, रामेछापमा पनि पहिरोले पुरिएर रामपुरकी ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् ।
भोजपुरमा पानीको भेल घरभित्र पस्दा भत्किएको पर्खालले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामप्रसाद राई गाउँपालिका–७, बासिखोराका ६६ वर्षीय जगतबहादुर राई छन् ।
भाेजपुरकै टेम्केमैयुङ गाउँपालिका–९, लेखर्कका १४ वर्षीय बालक जनक विकको पनि शौच गर्ने क्रममा पहिरोले चर्पीसहित पुरिएर घटनास्थलमै मृत्यु भएको छ ।
यता, ललितपुरमा पनि अविरल वर्षाका कारण एक जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । खोटाङमा ३ जना बेपत्ता रहेका पनि जनाइएको छ ।
वर्षाले देशका विभिन्न जिल्लाहरुका क्षति पुर्याएको छ । देशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले सतर्क रहन माैसमविदहरुले आग्रह गरेका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज खासगरी पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी र पूर्वका तराई र मध्य पहाडका केही स्थानमा धेरै भारी वर्षा हुने सम्भावना छ।
झपा, माेरङ, सुनसरी, सप्तरी, धनुषा, बारा, पर्सा, चितवन, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर लगायतका जिल्लाहरुमा खाेला तथा नदीमा बाढीको सम्भावना रहेको छ ।















प्रतिक्रिया