
काठमाडौं । अभिनेत्री शिल्पा पोखरेलले पति तथा निर्माता छविराज ओझाविरुद्ध काठमाडौं प्रहरी परिसरमा हिंसा गरेको उजुरी दर्ता गराएपछि धेरै विषयहरू सतहमा आएका छन् ।
उनीहरूबीच प्रहरीको मध्यस्ततामा लिखित समझदारी भए पनि ओझाले विगतमा गरेका कतिपय हिंसा र धम्कीका विषयमा पोखरेलले खुलाएकी छन् ।
पोखरेलअघिकी पत्नी तथा अभिनेत्री रेखा थापाले ओझासँग सम्बन्ध विच्छेद गरेकी थिइन् । त्यसअघि पनि ओझाकी पत्नी गिताञ्जली सुनुवारले आत्महत्या गरेको बताइएको थियो ।
तर, ओझाले हिंसा गरेकै कारण पत्नीहरू नटिकेको विवरणहरू पोखरेलले बयानमार्फत दिएकी छन् । एउटा अनलाइन न्युज पोर्टललाई दिएको बयानमा पोखरेलले आफूले पाएको तीन बर्षको हिंसात्मक पीडा व्याख्या गर्दै ओझाले उनीअघिकी पत्नी रेखा थापालाई त एसिड नै खन्याउँछु भनेर धम्की दिएको पनि खुलासा गरेकी छन् ।
‘रेखा दिदीले सम्झाउन आउनु भयो, सानो तिनो कुरा भए मिल्नुपर्छ भन्नुभयो । तर, मैले सबै विवरण सुनाएँ । त्यसपछि उहाँले जे गरे पनि हुन्छ भन्नुभयो’, पोखरेलले भनेकी छन्,‘रेखा दिदीलाई पनि यातना दिइएको रहेछ, अनुहारमा एसीड नै खन्याउँछु भन्नेको धम्की दिइएको रहेछ ।’
पोखरेलले ओझाले उनलाई गरेका कतिपय अत्याचारका विषयमा बयानबाजी गरेकी छन् ।















प्रतिक्रिया