२ कार्तिक २०८३, सोमबार

प्रेम प्रस्ताव अस्विकार गरेपछि सामुहिक बलात्कार !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rapped-womenमहेन्द्रनगर, ७ फागुन । कञ्चनपुरको पुनर्वास नगरपालिकामा गत आइतबार भएको सामुहिक बलात्कार प्रकरणमा युवतीले प्रेम प्रस्ताव अस्विकार गर्दा बलात्कार गरेको अभियुक्तहरुले वयानमा खुलासा गरेका छन् ।

विवाहमा गएकी युवतीलाई प्रेमीले फोन गरेर उखुबारीमा बोलाएर ६ जनाबाट सामुहिक बलात्कार गराएका थिए । विवाहमा बाजा बजाउन आएका अभियुक्तहरुले बलात्कारको आरोपमा पक्राउ परेपछि यस्तो खुलासा गरेका हुन् ।

‘हामीबीच १/२ वर्षदेखि फोन गर्ने, गफ गर्ने, भेट्ने कार्य भइराख्थ्यो,’ प्रहरीको हिरासतमा रहेका युवतीका प्रेमी गोविन्द रानाले अनुसन्धानमा भने, ‘प्रेम गर्छु भन्ने अनि भेट्न आउन छाडेपछि आवेगमा उसमाथि सबै साथी मिलेर जबरजस्ती गर्‍यौं ।’ अभियुक्तहरुले युवतीलाई फकाएर उखुवारीमा बोलाएका थिए ।

प्रहरी अनुसन्धान अनुसार युवतीले पनि आफ्नो प्रेमीलाई बेलाबेला फोनबाट प्रेम गर्छु भन्दै आएकी थिईन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार घटनामा संलग्न सबै अभियुक्तलाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।

कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अभिनारायण काफ्लेले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । ‘जबरजस्ती गर्ने ६ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्दैछौं, छिट्टै अभियुक्तलाई अदालतको जिम्मा लगाउछौं,’ उहाँले भन्नुभयो । प्रहरीले युवतीका अभिभावकको जाहेरीपछि मुद्दा दर्ता गरी अनुसन्धान थालेको हो ।

उहाँका अनुसार सामुहिक बलात्कार गर्ने ६ जनालाई जबरजस्तीकरणी ऐन अन्तर्गत १० देखि १५ वर्षसम्म जेल सजाय हुनसक्छ । पीडितका परिवारले ६ जनाविरुद्ध जाहेरी दिएकाले अनुसन्धानमा दोषि प्रमाणित हुने अभियुक्त विरुद्ध मुद्दा दायर गरिने डिएसपी काफ्लले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय हिरासतमा राखेर घटनाको थप अनुसन्धान भइरहेको छ ।

पीडित युवतीको स्वास्थ्य परीक्षणबाट बलात्कार भएको पुष्टि भइसकेको छ । युवतीलाई उपचारपछि घर लगिएको छ । इलाका प्रहरी कार्यालय पुनर्वासले मुख्य अभियुक्त सहित ६ जनालाई घटनाको दोस्रो दिन पुनर्वासबाटै पक्राउ गरेको थियो ।

इलाका प्रहरी कार्यालय पुनर्वासले घटनाका प्रमुख अभियुक्त कञ्चनपुर वाइसेविचवा-५ का गोविन्द राना सहित अनिल राना, किसन राना, श्यामलाल राना, तिर्थलाल राना र चन्नु रानालाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला पठाएको हो ।